नेपालमा चारपाङ्गे्र सवारीको एसेम्बलिङ उद्योग खोल्ने वातावरण बनाइदिन आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा चारपाङ्गे्र सवारी साधनको एसेम्बलिङ उद्योग खोल्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी एसेम्बलिङ उद्योग खोल्ने वातावरण बनाइदिन आग्रह गरेको हो । नाडाका वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुईपाङ्गे्र सवारी साधनहरूको एसेम्बलिङ उद्योगहरू खुल्दै गएको भएपनि चार पाँग्रे एसेम्बलिङ उद्योगहरू खुल्न नसकेको बताए । सरकारको अस्थिर नीतिका कारण सो उद्योग खोल्न अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायीहरू तयार नभएको उनले बताए । अटोमोबाइल उद्योगलाई अघि बढाउनका लागि स्थायी नीति ल्याउन पनि उनले आग्रह गरे । यसैगरी उनले सरकारले हालै राजपत्रमार्फत एजेन्सी, संशोधन र एकीकरणसम्बन्धी पहिलो संशोधन जारी गरेकाले उल्लेख गर्दै त्यसका केही बुँदाहरूमा दुविधा उत्पन्न भएकाले आवश्यक प्रष्टताका लागि उनले आग्रह गरेका थिए ।
नाडाका महासचिव सुरेन्द्र उप्रेतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने नीतिगत सुझावहरू उद्योगमन्त्रीसमक्ष पेस गरेका थिए । अस्थिर महसुल दरले व्यवसायीहरू हतोत्साहित भइरहेकाले महसुल दरहरूमा स्थिरता कायम गर्न नाडाको सुझाव छ । खासगरी मेकइन नेपालको अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीहरूले अत्यधिकरूपमा सवारी साधनहरू उत्पादन गर्ने सिकेडी स्थापना गर्दै लगेको नाडाको भनाइ छ । औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगीहरूको मनोबलमा वृद्धि र यसलाई दीर्घकालीनरूपमा सफल बनाउन हाल अन्तःशुल्क महसुलमा दिइएको छुटको व्यवस्था कम्तीमा १५ वर्षसम्मको लागि कायम गर्न नाडाले माग गरेको छ ।
यस्तै, एउटै ब्रान्डको पाट्र्स मुख्य उत्पादनकर्ताको अनुमतिविना तेस्रो पक्षबाट निर्बाधरूपमा पैठारी हुँदै आएकाले एयरपोर्ट तथा भन्सार नाकामा सो सामानहरू नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था गर्न नाडाले माग गरेको छ । स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोबाइलसम्बन्धी एसेम्ब्लिङ उद्योग, अटोमोबाइल स्पेयर पार्ट्स उद्योग, टायर उद्योग, लुब्रिकेन्ट्स उद्योग तथा ब्याट्री उद्योगहरूको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गर्न पनि नाडाले सुझाएको छ । यस्तै, नेपालमा उद्योगहरूलाई आकर्षित गर्न र विदेशी लगानीलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय आर्थिक जोन स्थापना गर्न जोड दिइएको छ ।
यस्तै, नेपालमा उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पार्ट्स, हेलमेट, ब्याट्री, लुब्रिकेन्ट्स तथा टायरहरू निर्यात गर्दा अन्य निर्यात वस्तुहरूले पाउने सरहको छुट पाउने व्यवस्था गर्न माग गरिएको छ । नेपालमा उत्पादित हेलमेट ब्याट्री तथा टायरहरूलाई पनि नेपालको गुणस्तर प्रमाण चिह्न पाउने व्यवस्था गर्नुपर्ने नाडाको माग छ । उत्पादनको माग र आपूर्ति सन्तुलनमा राख्न लुब्रिकेन्ट्स आयात गर्नका लागि आयातकर्ताले अनिवार्यरूपले एपीआईद्वारा जारी गरिएको गुणस्तर प्रमाणपत्र पेस गर्नुपर्ने र साथै सम्बन्धित मुलुकले निर्धारण गरेको मापदण्ड समेतको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गर्न नाडाले सुझाव दिएको छ । त्यसैगरी विश्वका लुब्रिकेन्ट्स निर्माता र निर्यातकर्ताहरूले आफ्नो उत्पादन तीनभन्दा बढी मुलुकहरूमा निर्यात गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गर्न नाडाको माग छ ।
छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग गर्ने बताएका थिए । नेपालीहरूको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरूलाई पनि रोजगारी सिर्जना गर्न उनले आग्रह गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया