Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई सय १३ जना थपिए एक सयभन्दा बढीले कोभिड–१९ जिते

दुई सय १३ जना थपिए एक सयभन्दा बढीले कोभिड–१९ जिते


काठमाडौँ, जेठ २६
आइतबार एकै दिन दुई सय १३ जना कारोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् भने एक सय दुई जना कोरोना जितेर घर फर्किएका छन् । एकै दिन एक सय दुई जना कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएको यो पहिलो घटना हो । योसँगै अहिलेसम्म चार सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्किनेका सङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले विभिन्न अस्पतालबाट एक सय दुई जना डिस्चार्ज भएको जानकारी दिएका हुन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले डिस्चार्जमध्ये दुई महिला र एक सय जना पुरुष रहेको बताए । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या चार सय ६७ पुगेको छ । तीमध्ये पुरुष तीन सय ९९ र महिला ६८ जना रहेका छन् । उनीहरूमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् । बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरू रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

मन्त्रालयको पछिल्लो अपडेटअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सङ्क्रमितको सङ्ख्या दुई सय १३ रहेको छ । तीमध्ये दुई सय नौ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कुल सङ्क्रमित सङ्ख्या तीन हजार चार सय ४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार दुई सय १२ र महिला दुई सय ३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट कुल ९६ हजार २ सय ५ व्यक्तिको परीक्षण गरिएको छ ।

त्यसैगरी आरडीटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ७ सय २८ र आरडीटी विधिबाट सात हजार ६ सय १४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताए । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा कुल दुई हजार ९ सय ६८ सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् । क्वारेन्टिन व्यवस्थापन र अस्पतालको आइसोलेसन व्यवस्थापनका लागि मन्त्रालयले विशेष ध्यान दिएको प्रवक्ता डा देवकोटाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x