चीनमा सरकारी कम्प्युटरमा अमेरिकी चिप्सको प्रयोग प्रतिबन्ध
बेइजिङ । चीनले सरकारी कम्प्युटर र सर्भरमा अमेरिकी प्रोसेसरहरु प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । चिनियाँ सरकारले ‘इन्टेल’ र ‘एएमडी’लगायत अमेरिकी माइक्रोप्रोसेसर चिपहरु हटाउन नयाँ दिशानिर्देशन जारी गरेको छ ।
आइतबार खरिद निर्देशन जारी गर्दै चीनले घरेलु चिप र सफ्टवेयर विकल्पहरुको पक्षमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम र विदेशी–निर्मित डाटाबेस सफ्टवेयरलाई पनि हटाउन खोजेको छ । यससँगै सरकारी एजेन्सीहरुलाई सुरक्षित र भरपर्दो प्रोसेसर र अपरेटिङ सिस्टमहरु खरिद गर्न आदेश दिइएको छ ।
यसअघि, डिसेम्बरको अन्त्यमा चीनको उद्योग मन्त्रालयले सुरक्षित र भरपर्दो मानिएका सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेसको तीन अलग–अलग सूचीहरु सार्वजनिक गरेको थियो । ती सबै सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेस चिनियाँ कम्पनीहरुबाट निर्मित रहेका छन् ।
चीनले अमेरिकासँग चिप युद्ध चलिरहेका बेला यस्तो निर्देशन जारी गरेको छ । अमेरिकाले उन्नत चिप प्रविधिमा चीनको पहुँच रोक्ने प्रयास गरिरहेको छ । पछिल्लो समय चीनले विदेशी प्राविधिमा निर्भरता कम गर्न घरेलु अर्धचालक उद्योगलाई बढावा दिइरहेको छ । अमेरिकाले पनि घरेलु सेमिकन्डक्टर उत्पादनलाई बढावा दिने कमदहरु चालिरहेको छ । बाइडेन प्रशासनले चिप उत्पादनमा ताइवान र चीनमा निर्भरता कम गर्ने लक्ष्य राखेको छ ।
अमेरिकाले सन् २०२२ अक्टोबरमा चीनले सैन्य उद्देश्यका लागि प्रयोग गर्नसक्ने भन्दै चीनमा निर्मित अर्धचालक चिपहरुको प्रयोग कम गर्न खोजेको थियो । त्यसपछि अमेरिकाले अक्टोबर २०२३मा अमेरिकी चिप डिजजाइन फर्म एनभिडियालाई चीनलाई उन्नत एआई चिपहरु बेच्नबाट रोक्नकाके लागि नयाँ नियमहरु ल्याएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया