दिप्लीघाटको बेलिब्रिजको निर्माण कार्य सम्पन्न
महेन्द्र शाही
सोलुखुम्बु, जेठ २६
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा रहेको दिप्लीघाटमा निर्माण भइरहेको बेलिब्रिजको काम सम्पन्न भएको छ । वि.सं. २०७५ चैत १९ गतेदेखि निर्माण सुरु गरिएको बेलिब्रिज निर्माणको कार्य शनिबार सम्पन्न भएको हो । बेलिब्रिज निर्माणको काम अघिल्लो वर्षात्भन्दा पहिले नै सक्ने भनिए पनि एक वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको छ ।
दिप्लीघाटमा बेलिब्रिज निर्माण भएसँगै अब वर्षात्को समयमा पनि जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकासँग सिधा सवारी सञ्चालन हुनेछन् । यो ठाउँमा पुल नहुँदा वर्षात्को समयमा सोताङ र महाकुलुङका स्थानीय बासिन्दा जिल्ला सदरमुकामसँगको सम्पर्कबाट टाढा हुन्थे । बेलिब्रिजको काम यो वर्षको वैशाखमा नै सक्ने लक्ष्य रहे पनि लकडाउनले केही ढिलाइ भएको निर्माणको जिम्मा पाएको निश्चल निशानी सेवाका सञ्चालक दुर्गा राईको भनाइ छ ।
जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ र सोताङ गाउँपालिकामा अब बाह्रै महिना सवारी सञ्चालन हुनेछन् । बेलिब्रिज निर्माणका लागि प्रदेश १ सरकारको ४६ लाख, महाकुलुङ गाउँपालिकाको ५० लाख र सोताङ गाउँपालिकाको १ करोड बजेट खर्च भएको छ । यो पुललाई कोशी पारिएका दुई गाउँपालिकाको मेरुदण्डकै रुपमा हेरिएको छ ।
पुल निर्माण भएसँगै खाद्यान्नलगायत सामग्री पहिलेदेखि नै जोहो गरेर राख्नुपर्ने बाध्यताको पनि अन्त्य हुन महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीको भनाइ छ । यो पुलका लागि आफूहरुले निकै मिहिनेत गरेको सफल भएको उनले बताए । बेलिब्रिज निर्माण भएको स्थानमा मोटरेबल पुलको लागि पनि संघीय सरकारले बजेट छुट्याएकाले मोटरेबल पुल नबन्दासम्मका लागि यो पुल प्रयोग हुनेछ । वर्षात्को समयमा उत्पादन भएका कृषि उपजलाई पनि जिल्ला सदरमुकाम ल्याउन समेत सहज हुने स्थानीयको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया