उपभोगजन्य ऊर्जा, विकासको सम्भावना
काठमाडौं । अन्य क्षेत्रमा जस्तै ऊर्जा विकासको क्षेत्रमा पनि उत्पादित ऊर्जाको खपतको मात्राले सम्बद्ध क्षेत्रको विकासको सम्भावनालाई गतिमय बनाउने वा नबनाउने भन्ने प्रश्नको निक्र्यौल अवश्य पनि गर्नेछ । प्रस्तुत महत्वपूर्ण प्रश्नको सेरोफेरोमा आबद्ध रहँदै उत्पादनको सन्दर्भमा लाग्ने लागत खर्चको अनुपातमा प्राप्त हुने उपभोगको मात्राले निश्चितरूपमा ऊर्जा विकासको सम्भावना विकासलाई मापन गर्दै यस क्षेत्रको भविष्य निर्धारण गर्न सहयोगीको भूमिका निभाउनेछ । जसमा ऊर्जाका विविध स्रोतलगायत जलसम्पदालाई समेत समाविष्ट गरेर अगाडि बढाउँदा सोचे अनुरुपको प्रगति हासिल गर्न काहीँकतैबाट अवरोध सिर्जना हुने देखिँदैन ।
तदुपरान्त उपभोक्ताको माझ बजारीकरणको लागि विभिन्न चरणको यात्रालाई तय गर्नुपर्ने हुन्छ । जसमा विशेषगरी उत्पादन, प्रसारण तथा वितरणजन्य परिवेशपश्चात मात्रै उपभोक्ता वर्गले विनाअवरोध उपभोग गर्ने परिस्थितिको निर्माण हुने तथ्य विशेषताले यस क्षेत्रलाई थप प्रभावकारी बनाउँदै ऊर्जावान बनाउने छ । बजारीकरणको सन्दर्भमा भन्ने हो आन्तरिक तथा अन्तर्राष्ट्रियस्तरका उपभोक्ता बजारलाई समेत मूल केन्द्रविन्दुमा राखेर ऊर्जा विकासको सम्भावना विकासलाई सशक्त ढङ्गबाट अगाडि बढाउँदा अझ बढी मात्रामा आर्थिक लाभ हासिल गर्न सकिने अवस्था पैदा हुनेछ । अन्तर्राष्ट्रियस्तरको व्यापार अभिवृद्धिले केवल आर्थिक पक्षलाई मात्र समेटने नभई द्विपक्षीय, त्रिपक्षीय, बहुपक्षीय वा अन्य वैदेशिक मैत्रीपूर्ण पक्षलाई समेत घोषित अघोषितरूपमा ऊर्जा विकासको सम्भावनाको माध्यमबाट समेत समेटेको हुन्छ भन्ने तथ्यमा हामीहरू कसैको पनि भिन्नमत रहन सक्दैन ।
कायमी उपभोगलाई बेवास्ता गर्दा निकस्ने परिणामले उपभोक्ता एवं लागत खर्चमा समेत ऋणात्मक असर पर्ने हुँदा सम्बद्ध क्षेत्रको विकासमा गतिमयता हासिल गर्न असहज परिस्थितिको निर्माण हुने देखिन्छ । किनकि उपभोगको लागि वितरीत ऊर्जा कति मापन विन्दुमा खपत भयो भन्ने कुरालाई ख्याल राख्नुपर्ने हुन्छ । ऊर्जा प्रसारण तथा उत्पादनमा धेरै लागत खर्च लाग्ने भएकाले प्रतिस्पर्धी बजारभन्दा पनि राज्यको एकाधिकारको बाहुल्यता कायम रहने देखिन्छ । जसका लागि चोरी पैठारी नियन्त्रण तथा नियमन गर्न राज्यका तर्फबाट कडा कानुनको तर्जुमा गर्दै उपभोगजन्य ऊर्जा विकासको सम्भावनालाई व्यवहारत लागू गर्ने प्रतिबद्धता जाहेर गर्नु सम्बद्ध क्षेत्रको सुन्दर भविष्यको जर्गेना गर्नु सरहको अवस्था हो ।
प्रस्तुत प्रवृत्तिको व्यावसायिक सोच एवं मोडलको विकासले नै लगानीकर्ता–लगानीको सुअवसरको सुनिश्चितता प्रदान गर्दै यस क्षेत्रको आर्थिक वृद्धिदरलाई नयाँ उचाइतर्फ केन्द्रिकृत गर्दै उपभोक्ता बजारको मात्रालाई गतिमयता प्रदान गर्नेतर्फ अगाडि बढाउन कोशेढुङ्गा साबित हुने देखिन्छ । यद्यपि उत्पादनयोग्य ऊर्जाको विकासको तुलनामा नवीकरणीय ऊर्जालाई निकै महत्वपूर्ण रूपमा हेरिएको हुन्छ । एक्काइसौं शताब्दीको परिकल्पनायोग्य ऊर्जा विकासको क्षेत्रमा ग्यास तथा इन्धनमा कायम रहँदै आएको उच्चदरको खपतको मात्रालाई क्रमशः न्यूनीकरण गर्दै विकल्पको खोजी गर्नु नै परिकल्पनायोग्य ऊर्जा विकासको महत्वपूर्ण आधारस्तम्भ समेत हुन् भन्न सकिन्छ ।
किनभने भूगर्भमा रहेको इन्धनको प्राकृतिक भण्डारणमा लामो समयदेखि अत्यधिक दोहन रहन गएका कारण वैकल्पिक ऊर्जा विकासको सम्भावनालाई खोजमूलक अन्वेषणतर्फ अगाडि बढाउनु समय सान्दर्भिक देखिन्छ । जसले मानव स्वास्थ्यमा इन्धनको प्रयोगबाट हुने प्रदूषणको मात्रा तथा अन्य गम्भीर स्वास्थ्योन्मुख प्रतिकूलतालाई समेत न्यून गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिन सकिनेछ ।
यसका अतिरिक्त इन्धन तथा प्राकृतिक ग्यासबाट प्राप्त हुने ऊर्जाको विकल्पका लागि उपभोगजन्य ऊर्जा विकासको साथै बचतीकरणको भूमिकामा यस प्रकारका कार्यहरू निकै नै फलदायी देखिन्छ । किनकि महँगो लागत खर्चमा उत्पादित ऊर्जालाई बचत गर्नु भनेको ऊर्जा उत्पादन गर्नु सरहको अवस्था पनि हो ।
प्रस्तुत व्यवहारको विकासबाट दूरदराजका नागरिक समुदायमा पनि बचत रहन आएको ऊर्जालाई उपभोग गर्ने अवसर प्राप्त हुनेछ । उपभोगजन्य ऊर्जाको विकास र आर्थिक समृद्धिको आन्तरिक सहसम्बन्ध अभिवृद्धिका लागि आमनागरिक समुदायको आयमा समेत वृद्धि हुनु जरुरी छ । किनकि आयमा भएको वृद्धिले ऊर्जाको उपभोग गर्ने क्षमतामा समेत सकारात्मक परिणाम देखिन आई वस्तु तथा सेवाको माग अत्यधिकरूपमा बढ्न जाने तथ्यगत विशेषतलाई अन्यथा मिल्दैन ।
परिणामतः उक्त वस्तु तथा सेवाको उत्पादन बढाउनुपर्ने भएकै कारण स्वदेशी उद्योगहरूमा ऊर्जा तथा श्रमको माग बढन गई उपभोगजन्य ऊर्जाका लागि सकारात्मक गन्तव्यको मार्ग प्रशस्त हुने अवसरको श्रीवृद्धि समेत प्राप्त हुनेछ । अर्कोतर्फ अत्यधिक उपभोगका कारण लागत खर्चमा समेत समायोजन रहन गई राष्ट्र निर्माणका लागि आवश्यक पर्ने ऊर्जा विकासको सम्भावनाको बढोत्तरी मुलुकभित्रबाट नै हुने हुँदा मुलुकको आर्थिक समृद्धिको क्षेत्रमा यसको भिन्नै महत्व रहन जानेछ । तुलनात्मकरूपमा अल्पविकसित मुलुकको दाँजोमा विकसित मुलुकहरूमा उपभोगजन्य ऊर्जाको माग अत्यधिक मात्रामा रहने गरेको तथ्यहरूले प्रमाणित गरेको वर्तमान अवस्था हो ।
किनभने विकसित मुलुकको औद्योगिक अर्थव्यवस्थामा उन्नत प्रविधिको उच्चतम उपयोगको कारण सम्बद्ध क्षेत्रमा ऊर्जाको माग समेत अत्यधिक मात्रामा रहने गर्छ । उपरोक्त प्रवृत्तिका ऊर्जाहरू औद्योगिक समूहको अतिरिक्त गार्हस्थ प्रयोजनका लागि पनि खर्चिने गरेको हुन्छ । यसको विपरीत विकासोन्मुख तथा अल्पविकसित मुलुकका अधिकांश क्षेत्रहरूमा अपवादबाहेक ऊर्जा संकटको अवस्था आज एक्काइसौं शताब्दीको उन्नत युगमा समेत अद्यावधिक कायम रहनु निश्चितरूपमा दुभाग्र्यपूर्ण अवस्था हो । प्रस्तुत अवस्थाबाट नेपाल पनि अछुतो रहन सकेको छैन ।
अझै पनि मुलुकका दूरदराजका क्षेत्रहरू राष्ट्रिय प्रशासन लाइनमा आबद्ध हुन कठिनाइ उत्पन्न हुन गई सम्बद्ध क्षेत्रको ऊर्जाको विकल्पको रूपमा प्राकृतिक स्रोतमा नै निर्भर रहनुले उपभोगजन्य ऊर्जा विकासमा नागरिक समूहको पहुँच कतिसम्म रहेको छ भन्ने तथ्यलाई सहजै अनुमान लगाउन सकिनेछ । तसर्थ दीर्घकालीन ऊर्जाको विकासले मात्र मुलुकलाई समृद्धशाली बनाउन मद्दत पु¥याउनेछ भन्ने विश्वास लिन सकिन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने विश्वमा ब्राजिलपछिको दोस्रो जलसम्पदाको धनी मुलुक भइकन पनि सोको उत्पादन अभिवृद्धि गर्दै उपभोगजन्य ऊर्जा विकासको सम्भावनालाई प्रत्येक नेपालीको घर आँगनमा अत्यधिक मात्रामा उपभोग गर्न सक्ने वातावरणको विकास गर्नु आजको आवश्यकता हो ।
जसले मुलुकलाई विकासोन्मुख मुलुकको दर्जाबाट विकासशील मुलुकको उपल्लो कोटीमा पुग्न निश्चितरूपमा सहयोगीको भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा राख्न सकिनेछ । जसको सकारात्मक परिणाम भन्नु नै मुलुकमा कायम रहन आएको निरपेक्ष गरिबीको दरलाई औद्योगीकरणको माध्यमबाट न्यून गर्न आवश्यक पर्ने प्रस्तुत प्रकृतिका ऊर्जा विकासको सम्भावनालाई अधिकाधिक मात्रामा उपभोग तथा उपयोग गर्ने वातावरण तयार गर्नु नै हो ।
जसका लागि ऊर्जा उत्पादन न्यून रहने अवस्था हिउँदको मौसमलाई मध्यनजरमा राख्दै उपभोगजन्य ऊर्जा विकासको गतिलाई सधैं नै बढावा दिनुपर्ने हुन्छ । किनकि हिउँदको समयमा उत्पादनको गति न्यून रहनु तथा माग तथा आपूर्ति सधैं नै उच्च गतिमा कायम रहने अवस्थालाई समयमा नै न्यूनीकरण नगर्ने हो भने विगतमा जस्तै अध्यारो मुनि बास बस्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।
यस क्षेत्रमा रहने गरेको उच्चदरको माग तथा उत्पादनको गतिको आवश्यक तालमेल मिल्न गएको खण्डमा स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि उपभोगजन्य, ऊर्जाको विकास तथा विस्तार गर्दै वैदेशिक मुद्रा आर्जनको गतिलो तथा भरपर्दो स्रोतको रूपमा सम्बद्ध क्षेत्रको उपभोगलाई प्रयोगमा ल्याउन सक्ने प्रशस्त सम्भावनाको विकासलाई द्रूत गतिमा अगाडि बढाउनु समयको माग हो । जसमा यस क्षेत्रको सुदूर भविष्यको कामना अवश्य पनि गर्न सकिनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया