Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबीआई बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।

सातै, प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयरबजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो । न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहापुर, कोहलपुर, मणिग्राम, दाङलगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया