Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल वित्त कम्पनी संघको अन्तर्क्रिया कार्यक्रम

नेपाल वित्त कम्पनी संघको अन्तर्क्रिया कार्यक्रम


काठमाडौं । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मूल्याङ्कनका अभ्यासहरू विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सको पुल्चोक, ललितपुरस्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भूमि विज्ञ डेनिलो आर आन्टानियोले धितो मूल्याङ्कनका अभ्यासहरूका बारेमा मन्तव्य राखेका थिए । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा सुवास घिमिरेले नेपालमा हाल भइरहेको घरजग्गा मूल्याङ्कनका अभ्यासहरू र सुधारका उपायको बारेमा चर्चा गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रममा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले हाल धितो मूल्याङ्कनको महत्व र यसका लागि अपनाएका प्रक्रियाहरूको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परामर्शदाताहरू, धितो मूल्याङ्कनकर्ताहरू, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागीय प्रमुखहरूका साथै संस्थाका अन्य कर्मचारीहरूको समुपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया