स्किल सेवाको घर निर्माण लागत घटाउने परामर्श
काठमाडौं । स्किल सेवाले घर निर्माण लागतसम्बन्धी निःशुल्क परामर्श दिइरहेको जनाएको छ । कम्पनीले अहिले घर निर्माणमा लाग्ने लागतसम्बन्धी निःशुल्क परामर्श दिने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको हो ।
यस कार्यक्रममार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने आठ उपायको बारेमा बताउने गरेको छ । कस्तो खालको सिमेन्ट, इँटा, डन्डी, ग्लास, टाएल्स प्रयोग गर्नेबारे सिकाउने कम्पनीको भनाइ छ । साथसाथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गुलर निर्माण योजना, निर्माण अवधिदेखि फ्लोलिङ र समापनसम्मको स्टेप–बाइ–स्टेप बताउने कम्पनीले जनाएको छ । घर निर्माण पूर्व मात्रै एक घण्टा खर्च गरी यस्ता परामर्श लिने हो भने सामान्य घर निर्माणमा समेत दश लाखभन्दा बढी बचत गर्न सकिने कम्पनीको दाबी छ । गुणस्तरमा कुनै पनि सम्झौता नगरी त्यसमा खर्च कसरी कम गर्न सकिन्छ भनेर सिकाउने यस कार्यक्रमको प्रमुख योजना रहेको छ ।
यस कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाले पोखरा, चितवन र बुटवलमा रहेका शाखामार्फत यस्तो कार्यक्रहरू सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार यस परामर्श कार्यक्रममार्फत निर्माण सामग्री छनौट, अधिकतम जग्गाको उपयोग, बजेट निर्माण, सरकारी नीति नियम, नक्सा डिजाइन र इन्टेरियर समेतको ज्ञान लिन सकिन्छ । साथै, निर्माणसम्बन्धी पुस्तक पनि प्रकाशन तथा बिक्रीवितरण गरिरहेको स्किल सेवाले आफ्नो वेबसाइटमा पनि परामर्शमूलक लेखहरू राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया