Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुजुकीको ‘क्यास पाऊँ एक्कासी’ योजना

सुजुकीको ‘क्यास पाऊँ एक्कासी’ योजना


काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले क्यास पाउँ एक्कासी योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ बर्षको अवसर पारेर मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट पाउनेछन् । साथै थप स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट पाईने कम्पनीले जनाएको छ ।

यस्तै पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्यांकन भन्दा मोटरसाइकलमा १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँ बढी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना चैत १४ देखी शुरु भएको र आगामी जेठ १८ गतेसम्म लागु हुने बताईएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया