तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने
काठमाडौँ । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन गर्ने भएको छ । चैत्र २३ र २४ गते राजधानीमा सो सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको आयोजनाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष गंगाबहादुर थापाले जानकारी दिए ।
नीतिगत तथा संरचनागत परिवर्तनमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धिसहित राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र मजबुद गराउनका लागि प्राज्ञिक तथा अर्थराजनीतिक स्तरबाट गरिनुपर्ने पहलकदमीको महसुसका साथ वार्षिक कार्यक्रमका रूपमा यो सम्मेलन आयोजना गर्ने गरिएको आयोजक संस्थाले जनाएको छ । तेस्रो अर्थशास्त्री सम्मेलनमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको चुनौती र अवसरहरू, बैंकिरू क्षेत्रमा नियमित जसो देखिने तरलता समस्या र अस्थिर ब्याजदरले उत्पादन क्षेत्रमा पारेको प्रभाव, संघीयतामा सुशासनका सवालहरू, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि र बजारीकरणका समस्याहरू, लघुवित्त र सहकारी लगायत पर्यटन, शिक्षा, बीमा, सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित १० भन्दा बढी कार्यपत्रहरुमा छलफल हुने संस्थाका अनुसन्धान विभाग प्रमुख डा केशवराज पन्थीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया