Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकैदिन झण्डै दश हजार संक्रमित

भारतमा एकैदिन झण्डै दश हजार संक्रमित


नयाँदिल्ली, जेठ २६
भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना संक्रमित भेटिएका छन् । संक्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ । त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । कुल संक्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि संक्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना संक्रमण मुक्त भइसकेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x