लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग
वासिड.टन, जेठ २६
कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको त्रासका कारण त्यसबाट बच्नका लागि व्यापार व्यवसाय संचालन गरेको ठाउँलाई फराकिलो बनाउनका लागि टेन्टको माग बढेको बताइएको छ ।
रेस्टुरेन्ट, होटल, खुद्रा पसललगायतले आफ्ना ग्राहकका लागि टेन्ट लगाएर ठाउँ विस्तार गरेको पाइएको छ । व्यापार व्यवसाय संचालन गर्दा कामदारका लागि र ग्राहकहरुका लागि पनि सामाजिक दूरी बढाउन पहिले प्रयोग गर्दै आएको ठाउँ साघुँरो भएकाले टेन्ट लगाएर फराकिलो बनाउनु परेको व्यवसायीहरुले बताएका छन् । माग अत्यधिक बढेकाले देशभरका टेन्ट उत्पादक तथा विक्रेताहरुलाई अहिले भ्याई नभ्याई देखिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । जर्नलमा प्रकाशित विवरणअनुसार एकै पटक धेरै उत्पादन, वितरण वा सेवा प्रवाह गर्नुपर्ने भएकाले पनि व्यवसायीहरुले टेन्टको माग गरेको पाइएको छ ।
उनीहरुले आफ्ना मेसिन तथा अन्य सामानहरु, कामदार र उपभोक्ताका लागि थप टेन्टको आवश्यकता परेको बताउने गरेका छन् । अध्ययनकर्ताहरुले सबै सेवा तथा उत्पादनको मुल्य बृद्धि पनि अत्यधिक भएको पाइएको जानकारी दिएका छन् । टेन्ट बिक्री वितरण गर्दै आइरहेको डेल्टा कम्पनीले पाँच बर्ष यताकै सबैभन्दा धेरै टेन्ट बिक्री वितरण भएको जनाएको छ । म्याक किन्नीका सहप्रवन्धक अम्बेर्ली स्लाभेन्सले पहिलाभन्दा अहिले झण्डै तेब्बर व्यापार भएको जानकारी दिए ।
व्यापार व्यवसायका लागि मात्रै नभई कलेज तथा विद्यालयमा समेत विद्यार्थीहरुका लागि टेन्टको माग बढेको उनीहरुले बताएका छन् । साविकको ठाउँ सामाजिक दूरी कायम गर्दा साँघुरो हुने भएकाले टेन्ट मार्फत् कक्षा कोठालाई फराकिलो बनाइएको वा नयाँ कक्षा कोठा बनाइएको उनीहरुको भनाइ छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म १९ लाख नौ हाजार ७७ जना संक्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया