Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर कोभिड–१९ संक्रमित चार लाखभन्दा बढी व्यक्तिको मृत्यु

विश्वभर कोभिड–१९ संक्रमित चार लाखभन्दा बढी व्यक्तिको मृत्यु


काठमाडौं, जेठ २६
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६९ लाख १६ हजार २ सय ३३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणअनुसार विश्वभर चार लाख दुई हजार ६ सय ९४ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८ सय २ कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु भएको छ भने १९ लाख २० हजारभन्दा बढी संक्रमित रहेका छन् । संक्रमणका हिसाबले दोस्रो धेरै संक्रमित ब्राजिलमा छ लाख ७२ हजार ८ सय ४६ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ब्राजिलमा आइतबारसम्म कोभिड–१९ संक्रमितको संख्या ३५ हजार ९३० पुगेको बताइएको छ ।

त्यसैगरी रूसमा चार लाख ६७ हजार ७३ र बेलायतमा दुई लाख ८६ हजार व्यक्ति संक्रमित भएका छन् । बेलायतमा कोभिड–१९ संक्रमित ४० हजार ५ सय ४८ व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ संक्रमित दोस्रो धेरै व्यक्तिको मृत्यु हुने मुलुक बेलायत भएको छ । रूसमा संक्रमितको संख्या धेरै देखिए पनि मृत्यु दर अन्य ठूला देशको तुलनामा निकै कम देखिएको छ अर्थात् पाँच हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । यसैबीच कोरोना संक्रमित व्यक्तिको संख्याका आधारमा भारत बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा अघि आएको छ । भारतमा आइतबारसम्म दुई लाख ४७ हजार ६७८ व्यक्ति संक्रमित भेटिएका छन् भने करिब १० हजार व्यक्तिको मृत्यु भएको छ । भारत कोरोनाभाइरस प्रभावित मुलुकहरूको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x