पर्यटनमा सूचना प्रविधिको प्रयोग
काठमाडौं । लगभग तीन महिनाअघि एक दैनिक पत्रिकामा छापिएको समाचारअनुसार सन् २०२३ मा नेपाल आए दुई सय १९ देशका पर्यटक घुम्न आएका थिए । हुन पनि एकै वर्षमा त्यति धेरै देशका पर्यटकहरू घुम्न आउनु भनेको चानचुने कुरो होइन । त्यो पनि नेपाल जस्तो भू–परिवेष्ठित देशमा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ । पत्यार नलाग्न सक्छ । यो कसरी सम्भव भयो ? भनी प्रश्न गर्न सकिन्छ । तर पनि नेपालजस्तो भू–परिवेष्ठित देशमा दुई सय ९१ देशका पर्यटक घुम्न आउनुमा पछिल्लो पटक विकास भएको सूचना, सञ्चार र प्रविधिको प्रयोगले नै सम्भव तुल्याएको मान्नुपर्ने हुन्छ । त्यसैले यसले के देखाउँछ भने, अबका निमा विश्वका कुनै पनि देशका लागि विदेशी पर्यटक आगमनमा सूचना, सञ्चार, विज्ञान र प्रविधिको प्रयोगले ठूलो धेरै नै प्रभावकारी ढंगले भूमिका खेल्न सक्ने छ ? यो भनेको सूचना, सञ्चार, विज्ञान र प्रविधिको सकारात्मक प्रयोगको संकेत भन्न सकिन्छ ।
भनाइको मतलब सूचना, सञ्चार र प्रविधिको विकास र त्यसको व्यापक प्रयोगले विश्वका जुनसुकै देशका सरकार र पर्यटन व्यवसायीहरूले विश्वका जुनसुकै देशका कुनामा बस्ने नागरिकलाई पर्यटक भई घुम्न निक्लनका लागि आकर्षित गर्न सक्छन् । तापनि ‘कारबोर दैनिक’मा प्रकाशित सो समाचारअनुसार सन् २०२३ मा नेपाल घुम्न आउने विभिन्न देशका (विश्वका दुई सय १९ देशका) पर्यटकहरूमध्ये ४० वटा देशका पर्यटक एक जनादेखि १० जनाको संख्यामा रहेका थिए । त्यस्तै, गरेर ४१ देशका पर्यटकहरू १० जनादेखि ५० जनाको संख्यामा रहेका थिए भने १७ वटा देशका पर्यटकहरूचाहिँ ५० जनादेखि एक सय जनाको संख्यामा नेपाल घुम्न आए । निश्चय नै संख्यात्मक हिसाबले हेर्दा विदेशी पर्यटकहरू आगमनको संख्या एक जनादेखि एक सय जना मात्रै नेपाल आउनु भनेको पनि हाम्रा लागि गर्व गर्न लायक कुरो हुन नसक्ला । तर प्राकृतिकरूपमा अद्वितीय–अद्वितीय, सुन्दर नेपाल र असल व्यवहार गर्ने नेपाली नागरिकका बानी व्यहोरा, नेपालको जातीय विविधता, भाषिक विविधता, विविध खालका भेषभूषा, धार्मिक विविधता, भौगौलिक विविधता, जैविक विविधता, सेताम्मे हिमालका लहर, छङ्गछङ्ग गर्दै खस्ने, झर्ने छहरा, हरिया वन–जंगल, पहाड–पर्वत, चुरे क्षेत्र, खोलानाला, वन्यजन्तु, वनस्पति आदि पनि पर्यटक भई नेपाल घुम्न आउने विभिन्न देशका नागरिकका लागि आकर्षण हुने गर्छ ।
सन् २०२३ मा पर्यटक भई घुम्न आएका दुई सय १९ देशका पर्यटकहरू जो छन् । ती पर्यटकहरू हामीले आफै सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर, प्रचारप्रसारमा विशेष ध्यान दिएर नेपाल आएका होइनन् । जुन देशका पर्यटकहरू सन् २०२३ मा नेपाल घुम्न आएका थिए, उनीहरू आफैंले पछिल्लो पटक विकसित सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर नेपाल भन्ने देश (ठाऊँ) गुगलमार्फत सर्च गरेर पत्ता लागाएर आफ्नै अग्रसरतामा आएका हुन् भन्न सकिन्छ । निश्चय नै त्यसमा केही देशका पर्यटकका साथै साथीभाइ अनि उनीहरूका आफन्त तथा नातागोताको अनुरोध वा आग्रहमा केही देशका पर्यटकहरू नेपाल भ्रमण गर्न आएका हुन सक्छ । किनभने हुन पनि आजभोलि विश्वलाई नै एक गाउँ (ग्लोबल भिलेज) भई सकेको भन्ने आमभनाइ रहेको छ । त्यसैले आज नेपाली समेत विश्वका प्रायः सबै देश अर्थात् कुनाकाप्चामा पुगिसकेका छन् । जसले गर्दा नेपालीहरू जहाँजहाँ पुग्छन्, ती देशका बारेमा साथीभाइ, आफन्त र नातागोतालाई बताउने गर्छन् ।
अब यो गन्थन मन्थनलाई यहीँ छाडेर मूल विषयतिर लागौँ । भनाइको मतलब अब हामीले पनि पछिल्लो पटक द्रूत गतिमा विकसित भएको सूचना, सञ्चार र प्रविधिको विकासलाई सही सदुपयोग गरेर धेरैभन्दा धेरै देशका पर्यटकहरूलाई धेरैभन्दा धेरै संख्यामा नेपाल भ्रमण गराउनका लागि पर्नुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड (एनटीबी) र निजी क्षेत्रका पर्यटन व्यवसायीजस्तै होटल एसोसिएन अफ नेपाल (हान), नेपाल ट्राभल एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए), हिमालयन रेस्क्यु एजेन्सी (एचआरए), एयरलाइन अपरेटर्स एसोसिएसन अफ नेपाल (एओन), ट्रेकिङ एजेन्ट एजेन्सी अफ नेपाल (टान), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा) लगायत निजी क्षेत्रका पर्यटनसँग आवद्ध अन्य संघ–संस्थाहरूले पहल लिनुपर्ने, गर्नुपर्ने देखिन्छ ।
तथापि कुनै पनि देशको मुख्य अभिभावक भनेको सरकार हो । त्यसैले गर्दा नेपाली पर्यटन प्रवद्र्धनमा पनि मुख्य जिम्मेवारी लिने र दायित्व निर्वाह गर्ने काम पनि नेपाल सरकारको नै भएकोले गर्दा नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड (एनटीबी)ले पहल लिनुपर्ने देखिन्छ । आजको जस्तो सूचना, सञ्चार र प्रविधिले असाध्यै फड्को मारेको र त्यसमा पनि अहिले व्यापक प्रचलनमा रहेको फेसबुक, एक्स (सट्वटर), म्यासेन्जर, वी च्याट, इन्स्टाग्राम, ब्लग, युट्युब, टिकटक, ह्वाट एप्स, इमो, टेलीग्रामलगायत सामाजिक सञ्जालमा नेपालको पर्यटकीयस्थल, प्राचीन सहर, प्राचीन स्मारक, प्राचीन कला, प्राचीन वास्तुकलाका साथै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा अग्ला हिमालमध्ये नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका आठ वटै हिमालका प्रोफाइल, आठ हजार मिटरभन्दा कम, सात हजार मिटरभन्दा माथि उचाइ भएका हिमालका प्रोफाइल, सात हजार मिटरभन्दा कम छ हजार मिटर उचाइ भएका हिमालका प्रोफाइल, छ हजार मिटरभन्दा कम र पाँच हजार मिटरभन्दा बढी उचाइ भएका हिमालका सामान्य चिनारी र प्रोफाइल बनाएर वेब पोर्टल–वेबसाइटमा राख्न सकेदेखि ‘सुनमा सुगन्ध नै’ हुने थियो । त्यस्तै, गरेर नेपालको भाषिक विविधता, जातीय विविधता, धार्मिक विविधता, भेषभूषा, गरगहना, नाचगान, बाजागाजा आदिका सम्बन्धमा पनि सामान्य परिचय, चिनारी र प्रोफाइल बनाएर वेबसाइटमा राख्न सकेदेखि नेपालमा वार्षिक २८–३० लाखदेखि ३५–४० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया