प्रतिनिधिसभा: चीनसँग जोडिएका नाका पुन: सञ्चालनको माग
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ ।
बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको राससलाई बताए ।
उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गर्नुभयो । एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरे ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावाति गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरे ।
शून्य समयमा सांसदहरु धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
- जेष्ठ नागरिकको अवस्था
- नेपालको वैदेशिक व्यापारमा चुनौतीहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया