बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा साइमेक्स इङ्क सम्मानित
काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इङ्क चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ ।
साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिस्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार हात पार्न सफल भएको हो । अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इङ्क एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धिबाहेक साइमेक्स इङ्कले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको थियो । नेपालमा बीवाईडी डिलरहरूको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको छ ।
सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरेको । हाल विभिन्न १५ स्थानमा बीवाईडी सोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप तीन सोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इङ्कले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया