Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण


काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुर जिल्लास्थित कृष्णपुरमा करिब एक सय ५० वटा कागतीका बिरुवाहरूको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्याएको छ ।

बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरवासीहरूको उपस्थिति रहेको थियोे । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया