Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न


काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनीले यही चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताको रूपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा विभिन्न जिल्लाहरूबाट ३१ जना व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरूले कम्पनी र ग्राहकहरूबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरूको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षासहित अभिकर्ता तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरेबमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहकहरूले सहजरूपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा लिएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया