उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सियोल । उत्तर कोरियाले मंगलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घन्टापछि आणविक क्षमताको बी–५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।
प्योङयाङको पछिल्लो प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ मध्य दूरीको हाइपरसोनिक मिसाइल (आईआरबीएम)को लागि ठोस–इन्धन इन्जिन परीक्षणको निरीक्षण गरेको दुई हप्ताभित्रै भएकोे छ
दक्षिण कोरियाली सेनाका अनुसार मंगलबार बिहान प्रक्षेपण गरिएको मिसाइल दक्षिण कोरिया र जापानको बीचको पानीमा खस्नुअघि लगभग छ सय किलोमिटर उडेको जनाएको छ ।
संयुक्त सेनाप्रमुखहरूले सेनाले प्रक्षेपणको विश्लेषण गरिरहेको बताएका छन् । गतमहिना इन्जिन परीक्षेणमा प्रयोग गरिएकोे ‘हाइपरसोनिक वारहेड’ समावेश गरेको हुनसक्ने एक रक्षा अधिकारीलाई उद्धृृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया