एलजीको नयाँ वर्ष उपहार योजना
काठमाडौं । एलजीले ‘नयाँ वर्षको सुखद् सुरुवात, नगद र उपहारको साथ’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै एक लाख रुपैयाँको दुर्घटना बीमा, तथा लक्की ड्रमा एलजी ओलेड टिभी हरेक महिना जित्न सकिनेछ ।
यस्तै, एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ४० प्रतिशतसम्मको क्यासब्याक पाइनेछ । साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर पाइनेछ । एलजी फ्रन्ट लोड वासिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिन (नौ केजी सम्म)को खरिदमा छ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा चार लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा दुई प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्रि इन्स्टलेसन सेवा पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया