Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको धादिङको विभिन्न स्थानहरूमा वित्तीय साक्षरता प्रदान

मुक्तिनाथ विकास बैंकको धादिङको विभिन्न स्थानहरूमा वित्तीय साक्षरता प्रदान


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ जिल्लाको विभिन्न स्थानहरूमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङको रोराङ्ग गाउँपालिका वडा नं ५ स्थित सुन्दरदीप महिला विकास बहुद्देश्य सहकारी संस्थामा आबद्ध महिलाहरूलाई र थाक्रे गाउँपालिका वडा नं १० स्थित ठूलोपोखरीका स्थानीयवासीलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमहरूमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरू, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया