Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकद्वारा वित्तीय साक्षारता प्रदान

कृषि विकास बैंकद्वारा वित्तीय साक्षारता प्रदान


काठमाडौं । कृषि विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व बैंकको आह्वानमा यस वर्षको मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर युचर’ भन्ने नारासहित ग्लोबल मनि विकको रूपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा सञ्चालन गरेको हो ।

सोही सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको उपस्थितिमा बैंकको कोशी प्रदेशको कार्यालयको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति थियो । कार्यक्रमलाई सीईओ गुरुङले वित्तीय साक्षारताका सम्बन्धमा बैंक, विद्युतीय बैंकिङ सेवा, क्रिप्टो करेन्सी,क्यास लेस, पेपर लेस बैंकिङ सेवाहरू, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, पारिवारिक खर्चको लेखापालनजस्ता विषयमा जानकारी गराएका थिए । यसका अलावा आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरूको भूमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेलगायत विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा गुरुङले हरिनगरा क्षेत्रका कर्जाग्राहकहरूसँग कृषि विकास बैंकले प्रदान गर्र्दै आएको सेवासम्बन्धमा जानकारी लिएका थिए । कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरूको समेत उपस्थिति थियो । यो कार्यक्रम बैंकका प्रदेश कार्यलयहरूले चैत्र पाँच देखि ११ गतेसम्म सामुदायिक विद्यालयलगायत विभिन्न २४ स्थानहरूमा सञ्चालन गरेको थियो भने कार्यक्रमबाट करिब पाँच हजार छ सय छात्रछात्रा लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया