Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमत्स्य ह्याचरीबाट मनग्य आम्दानी

मत्स्य ह्याचरीबाट मनग्य आम्दानी


बारा, जेठ २७
बारा जिल्ला, विश्रामपुर गाउँपालिका–४ बलिरामपुरमा छोटेलालप्रसाद चौहानले माछाको भुरा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मत्स्य ह्याचरी १३ वर्षदेखि सञ्चालन गरेका उनी माछा व्यवसायमा भने ३२ वर्षदेखि लागेका हुन् । उनले अहिले दश जातका भुरा उत्पादन गरेर देशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् । उनको मत्स्य ह्याचरीमा बिग्रेड काप, कमन ग्रास काप, रहु, सिल्भर काप, भकुरा, नैनी, मङ्गुरी जातका भुराहरू हाइब्रिड र लोकल उत्पादन हुने गरेको छ ।

उनले भुरा उत्पादनबाट प्रतिवर्ष १० लाखदेखि १२ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताए । २०४२ सालदेखि माछा व्यवसायमा लागेका चौहानले २०६४ सालमा परवानीपुरस्थित मत्स्य केन्द्रका प्राविधिक शुक्लकुमार प्रधानबाट प्रभावित भएर ह्याचरी सञ्चालनमा ल्याएका हुन् । ह्याचरीमा अहिले उनको छोराले पनि सघाउँदै आएका छन् । ह्याचरीमा उत्पादित माछा पर्सा, बारा, रौतहटका साथै मकवानपुर, कास्की, काठमाडौं, चितवनसम्म पु¥याउने गर्छन् । बाहिरका व्यापारीहरू पनि भुरा खरीदको लागि उनको ह्याचरीमा आउने गर्छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x