Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच सम्झौता

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच सम्झौता


काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच बुधबार व्यावसायिक सम्झौता भएको छ । गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराईद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरू आवश्यकताअनुसार जानकारी तथा तालिम प्रदान गर्ने छ । यो व्यावसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यावसायिक संस्थाहरूलाई पुँजी बजारमा सहज, सुरक्षित र भरपर्दोरूपमा सेवाहरू प्राप्त गर्न सहयोग पुर्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको कम्पनीको भनाइ छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिस्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पूर्व बैंकरलगायत विज्ञ व्यक्तिहरू संलग्न कम्पनीले सम्पत्ति व्यवस्थापनलगायत व्यावसायिक परामर्शको कार्य गर्दै आएको छ ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि अन्य व्यावसायिक साझेदारी सम्झौताहरूमार्फत नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया