Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल सेवाको तेस्रो त्रैमासिक नाफा एक लाख ६२ हजार

नेपाल सेवाको तेस्रो त्रैमासिक नाफा एक लाख ६२ हजार


काठमाडौँ जेठ २७
नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक लाख ६२ हजार पाँच सय ९० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १३ लाख छ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १० करोड २० लाख १९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६२ करोड ८८ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक करोड ८६ लाख ९९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ४५ लाख ९७ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ६२ लाख ३६ हजार रूपैयाँ निक्षेप संकलन गरी ३६ करोड ८० लाख १४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७२ लाख ३२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख ७८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x