Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनमस्ते पेको नगद फिर्ता योजना

नमस्ते पेको नगद फिर्ता योजना


काठमाडौं । नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ वर्षको विशेष अफर ल्याएको छ । प्रत्येक उडान टिकट खरिद र इन्टरनेट बिल भुक्तानीमा नगद फिर्ता प्रदान गर्ने उद्देश्य नमस्ते पेले यो योजना सार्वजनिक गरेको हो । यो अफर चैत्र २६ गतेदेखि २०८१ वैशाख छ गतेसम्म चल्नेछ ।

नमस्ते पेमार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येकमा नेपाली रुपैयाँ एक सय ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् । तत्काल टिकट काट्दा क्यासब्याक प्रतिटिकट मान्य छ र प्रतिकारोबारमा सीमित छैन, जसको अर्थ हो यात्रुले जति धेरै टिकट किन्छन् । त्यति नै बढी उसले क्यासब्याक प्राप्त गर्नेछ । त्यस्तै, प्रयोगकर्ताहरू नमस्ते पेमार्फत आफ्नोे इन्टरनेट बिल तिर्नेहरूले नेपाली रुपैयाँ एक सय रुपैयाँसम्मको पाँच प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया