जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट
बर्लिन, जेठ २७
जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलव ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख छ । गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो । सन् १९९१ जनवरीपछि यति ठूलो परिमाणमा औद्योगिक उत्पादनमा पहिलोपटक ह्रास आएको जर्मनीको सरकारी तथ्यांक विभाग डेस्टाटिसले जनाएको छ ।
सन् २०१९ को अप्रिलको तुलनामा भने औद्योगिक उत्पादनमा २५.३ प्रतिशतले कमी आएको छ । विश्लेषकहरुले पूर्वानुमान गरेभन्दा अप्रिल महिनामा औसतमा १६ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आएको हो । सवारीसाधनको उत्पादनमा ७४.६ प्रतिशत घटेको भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ । यस क्षेत्रमा केवल ४.१ प्रतिशतले ह्रास आएको छ । विश्वभर कोरोनाभाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ । यस वर्षको पहिला तीन महिनामा कूल आर्थिक उत्पादनमा २.२ प्रतिशतले मात्र ह्रास आएको अधिकारीहरुले बताएका छन् । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया