पाँच जनालाई स्किल हिरो अवार्ड
काठमाडौं । स्किल विक २०२४ पाँचौं संस्करणको समापन समारोहमा पाँच जनालाई स्किल हिरो अवार्डबाट सम्मानित गरिएको छ । ग्लोकल प्रालिद्वारा हालै आयोजित विशेष कार्यक्रमको बीच उपसभामुख इन्दिरा रानामगरले उनीहरूलाई सम्मान गरेकी थिइन् ।
पाँच विधामा पाँच व्यक्तित्वलाई स्किल हिरो अवार्ड उपाधिबाट सम्मानित गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कला र संस्कृतिका लागि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई सम्मान गरिएको छ । समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको माध्यमबाट हास्यव्यङ्ग्य गर्दै आफ्नो करियर समर्पित गरेकोमा उनीहरूलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ भने पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने कलेज नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मालाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स भिलेजकी संस्थापक पनि हुन् ।
त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा भगवान कोइराला पुरस्कृत भएका छन् भने अप्रेन्टिससिप विधामा पुष्पा चौधरीलाई पुरस्कृत गरिएको थियो । साथै, समारोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । एक हप्ते स्किल विक कार्यक्रममा विभिन्न सिपमूलक तालिमहरू, सिपयुक्त कार्यशाला, केस स्टडीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । स्किल विक कार्यक्रम ३१ मार्चदेखि ८ अप्रिलसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा पाँच फरक सिप क्षेत्रहरू प्रदर्शन गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया