अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्नुपर्ने कुरा
कोरोना विश्वव्यापी महामारी हो । त्यसकारण संसारभरि नै यतिबेला कहाँको अवस्था कस्तो छ र यसको प्रकृति कस्तो देखियो, कुन कुराले रोकथाम भयो वा कस्तो लापरबाहीले संक्रमण बढ्यो भन्ने पनि यो महामारीजत्तिकै विश्वव्यापी चासोको विषय बन्न गएको छ । महामारी जसरी विश्वव्यापी बन्यो यसको उपचारपद्धति र रोकथामका प्रयासहरू पनि सबैतिर साझा बनेका छन् । संक्रमण कम भएका अर्थात् रोक्न सफल देशले अपनानएका पद्धति जसले अनुकरण गरेका छन् ती देश पनि संक्रमण विस्तार हुनबाट रोक्न सफल भएका छन् र जसले त्यस्तो अनुकरणीय कामको कुनै अर्थ मानेन ती देश महामारीको विपतमा परेका छन् । त्यसकारण यो कोरोना महामारीका बारे संसारभर जहाँ जे भैरहेको छ त्यसप्रति आम चासो रहने नै भयो । यतिबेला संसारका सञ्चारमाध्यमका हरेक क्षण कोरोनाको विवरण त्यसरी दिइँदै छ जो पहिले खेलकुदमा मात्र देखिने गरेको थियो । यही सन्दर्भमा आएको छ एउटा देश न्यूजिल्याण्ड ।
विभिन्न माध्यमहरूले दिएका जानकारीअनुसार न्यूजिल्याण्ड पछिल्लो समयको कोरोना भाइरसमुक्त देश घोषित भयो । एकजना पनि संक्रमित नदेखिएपछि यो देशले कोरोना रोकथामका लागि लगाइएको सबै प्रकारका प्रतिबन्धहरू हटायो र कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजिल्याण्डले राष्ट्रिय खुशी दिवस मनायो । यो क्षणमा त्यहाँका प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी थिइन् भन्दै माध्यमहरूले समाचारहरू सेयर गरे । त्यस अवसरमा उनको भनाइलाई उद्धृत गर्दै माध्यमहरूले भनको छन् – प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरू भने यथावत रहने बताइन् र क्रममा उनँले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरू हटाइदिइन् । त्यसक्रममा उनले भनिन् –अहिलेका लागि न्यूजिल्याण्डमा कोरोना भाइरसको प्रसार पूर्णरूपमा रोकिएकोमा हामी विश्वस्त छौं, भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु ।
न्यूजिल्याण्डबाट नेपालले पनि सिक्न सक्तछ । जनसंख्या करिब ५० लाख रहेको देश हो त्योे । त्यो देशमा कोभिड–१९ बाट एक हजार एक सय ५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो । पछिल्लो १७ दिनदेखि न्यूजिल्याण्डमा कुनै नयाँ संक्रमण देखिएको थिएन । पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो जो निको भए । त्यसपछि यस्तो कोरोनामुक्त घोषणा भएको हो । रिपोर्टमा आएअनुसार २८ फेबु्रअरीमा पहिलो संक्रमित भेटिएको थियो भने त्यसको २५ दिनअघि अर्थात्, ३ फेब्रुअरीदेखि नै रोकथामको तयारी गरिएको थियो ।
जब संक्रमितको संख्या एक सय नाघ्यो, तब २१ मार्चमा सरकारले विशेष सावधानी अपनाउन थाल्ल्यो । न्युजिल्याण्डमा कुनै व्यक्तिमा कोरोना पुष्टि भएको ४८ घण्टाभित्रै उसको कन्ट्याक्ट ट्रेसिङ गरिन्थ्यो । अर्थात्, कुनै व्यक्तिमा कोरोना पुष्टि हुनासाथ अघिल्ला दिनमा भेटेका सबै मानिसलाई सावधान रहन भनिन्थ्यो र परीक्षण नहुँदासम्म ‘होम क्वारेन्टाइन’मा रहने सल्लाह दिइन्थ्यो । यहाँ ५ हप्तापछि अर्थात् २८ अप्रिलदेखि लकडाउनलाई लेभल–३ मा झारियो । त्यसपछि सबै पसल र व्यवसाय खुलाइयो । कोरोना महामारी रोक्ने व्यवस्थापकीय हिसाबमा न्यूजील्याण्ड संसारभरिकै उदाहरणीय मानिन्छ । यसमा नेपालले पनि साझेदारी गर्दा बिग्रने केही नहोला ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया