Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा कोरोनाको प्रभाव बढ्दो थप १ को मृत्यु/३२३ सङ्क्रमित/९६ जना डिस्चार्ज

नेपालमा कोरोनाको प्रभाव बढ्दो थप १ को मृत्यु/३२३ सङ्क्रमित/९६ जना डिस्चार्ज


काठमाडौँ, जेठ २८
नेपालमा कोरोनाको प्रभाव बढिरहेको छ । कोभिड–१९ बाट मंगलबार एक जना मृत्यु भएको छ । भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए । उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

यसैगरी मंगलबार नै विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३ सय २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सङ्क्रमित देखिएका पुरुष २ सय ९२ जना र महिला ३१ जना रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार ७ सय ९८ र महिला २ सय ८७ जना रहेका छन् । उनका अनुसार सङ्क्रमित जिल्ला ७२ पुगेको छ । मंगलबार इलाममा सङ्क्रमित भेटिएको हो ।

यसैगरी मंगलबार ९६ जना एकै पटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । कुल ८ सय ८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् । यस्तै सशस्त्र प्रहरीको काठमाडौँ वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज भएकी छिन् । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेसनबाट २२ जना पुरुष र राप्ति सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् । यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x