डेनिस टोलीद्वारा नेपालमा हुने प्रोजेक्टको पूर्वतयारी अध्ययन
काठमाडौं । डेनमार्कको डीयूएफ (डेनिस युथ फेडरेसन)का छ सदस्यीय टोलीले नेपालमा प्रोजेक्ट तयारीका पूर्वअध्ययनका लागि भ्रमण गरेको छ । काठमाडौं युरेका लिओ क्लबको सहकार्यमा आयोजित सो भ्रमणमा सांस्कृतिक आदान प्रदान, समूह निर्माण, पूर्वअध्ययनमा केन्द्रित थियो ।
काठमाडौं युरेका लियो क्लबका स्वयंसेवकहरूले डेनमार्कको टोलीलाई स्वागत गरेका थिए । पाँच दिने कार्यक्रममा संवादात्मक कार्यक्रम, समूह चर्चा, आइसब्रेकर खेलहरू र नवीन समाधानहरूको खोजमा विवेकशील बहसहरू समेत समावेश गरिएको थियो । डेनिस टोलीलाई विभिन्न अधिकारीहरूसँग परिचित गराउन क्लबका सचिव निर्मलराज शाही, सहसचिव सुमिना खत्री र लियो अनिसा कार्कीले भूमिका खेलेका थिए । डेनिस टोलीलाई छलफलमा नेपाल र डेनमार्कमा हुने गरेका पूर्वाग्रहहरूका बारेमा पनि बहसहरू भएका थिए । काठमाडौं युरेका लिओ क्लबका अध्यक्ष सृजन अर्यालले डेनमार्कको टोलीलाई सहयोग र अनुभवको लागि आभार व्यक्त गरे । काठमाडौं युरेका लिओ क्लबको पहिलो उपाध्यक्ष लिओ कुसुम पौडेलले यस कार्यक्रमले दुवै टोलीमा सामाजिक बोझ र मैत्रीमा विशेष प्रभाव पारेको बताए । लिओ सुयाश रूपाखेतीले विभिन्न संस्कृतिहरूमा बाँधिएका पूर्वाग्रहहरू र शैक्षिक गतिविधिहरूको विभिन्न उपायहरूको अवलोकन साथै यस आदानप्रदानले सांस्कृतिक संवाद र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
एक हप्ते नेपालको बसाइँका क्रममा नेपालको लोभलाग्दो संस्कृति, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्न पाउँदा ज्यादै खुसी भएको डेनिस टोलीले बताए । नेपाल भ्रमणबाट पाएको उपलब्धि, भेदभाव र समस्याको आगामी दिनहरूमा दुई पक्षीय प्रोजेक्ट तयार गरी नेपालमा कार्यक्रम निर्माण गर्ने तयारी भएको र सकेसम्म एक वर्षभित्र नेपालमा कार्यक्रम गर्ने उनीहरूले प्रतिवद्धता जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया