Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ नियन्त्रणको लागि सरकार गम्भीर नभएको भन्दै बालुुवाटारमा प्रदर्शन

कोभिड–१९ नियन्त्रणको लागि सरकार गम्भीर नभएको भन्दै बालुुवाटारमा प्रदर्शन


काठमाडौं, जेठ २८
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणको लागि सरकार गम्भीर नभएको भन्दै सर्वसाधारणहरूले बालुुवाटारमा प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन गरेको र लकडाउनको अवधि ७६ दिन पूरा भइसक्दा पनि सरकारले ठोस काम गर्न नसकेको र लकडाउन मात्र थप्दै गएको भन्दै सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले पर्याप्त मात्रमा पीसीआर टेस्ट नगरेको, कतिपयलाई आरडीटी परीक्षण गरेर घर फर्काएको, क्वारेन्टाइन व्यवस्थित नगरेका कारण देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रण गर्नुुको साटो सरकारले विभिन्न कामहरूमा अल्झेको आरोप प्रदर्शनमा उत्रिएकाहरूले लगाएका छन् । लकडाउन मात्र थप्दै जाँदा आम सर्वसाधारणको जीवन निकै नै कष्टकर बन्दै गए पनि सरकारले आम नागरिकको दुःख बुुझेर राहत दिनुुको साटो र कर तिर्न ताकेता गरेर गैरजिम्मेवारी प्रस्तुुत गरेको आरोप समेत प्रदर्शनकारीहरूले लगाएका छन् । सरकारको सरोकार कार्पेट कि पीसीआर ?, सक्षम सरकारको लक्षण पारदर्शिता र दूरदर्शिता, अव्यवस्थित क्वारेन्टाइन कोरोनाको स्वर्ग, एमसीसी चाहिँदैन, भन्ने नारासहित सर्वसाधारणहरू प्रदर्शनीमा उत्रिएका थिए ।

लगातार लकडाउन थपिँदै जाँदा आम नागरिकको दैनिक जीवन निकै कष्टकर बन्दै गएको अवस्थामा अब विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षाको विधिहरू अपनाएर लकडाउन खुुकुुलो पार्नुुपर्ने मागसमेत प्रदर्शनमा सहभागी सर्वसाधारणहरूले गरेका छन् । अब पनि सरकारले जनताको आवाज सुन्दैन, लकडाउनलाई खुकुुलो पार्दैन भने जनता अब कोरोनाले भन्दा पनि गरिबी र भोकले मर्छन्, प्रदर्शनमा सहभागी पूर्वमिस नेपाल नगमा श्रेष्ठले भनिन् । कोरोनाले अहिले सिंगो विश्व नै पिरोलिएको छ तर यो भन्दै सधैँ लकडाउन मात्र गरेर समस्याको समाधान हुँुदैन, अब लकडाउन खोलेर आम नागरिकको जीवन सहज बनाउनै पर्छ, सरकारले आम नागरिकको आवाज सुनोस्, श्रेष्ठले भनिन् ।

अहिलेको यो प्रदर्शन कुुनै पनि राजनीतिक दलको नेता कार्यकर्ताहरूको होइन, यसमा कुुनै स्वार्थ छैन, लकडाउनले सबै नागरिकहरू निराश छन्, पीडामा छन्, यो प्रदर्शन भनेको ती सबै निराश नागरिकहरूको आवाज हो, उनले भनिन् । हामीलाई थाहा छ, अहिले विश्वमा नै कोरोनाको महामारी छ, यो प्रदर्शन हाम्रो बाध्यता हो, हामीले न्यूनतम सामाजिक दूरी कायम गरेर प्रदर्शन गरेका थियौँ, तर प्रहरीले प्रदर्शनलाई निस्तेज पार्न पानीको फोहोरा हान्यो, लाठीचार्ज ग-यो, केही साथीहरू घाइते हुुनुुभयो, १० जनाभन्दा बढी साथीहरूलाई नियन्त्रणमा लियो । राज्यलाई जिम्मेवार बन, सर्वसाधारणको दैनिक जीवन सहज बनाऊ भन्दा यसरी दमन गर्नुु कत्तिको न्यायोचित हो ? पूर्वमिस नेपाल श्रेष्ठले भनिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x