Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश १ सरकारद्वारा विदेशबाट फर्किएका र फर्किन चाहनेको अनलाइन तथ्यांक संकलन सुरु

प्रदेश १ सरकारद्वारा विदेशबाट फर्किएका र फर्किन चाहनेको अनलाइन तथ्यांक संकलन सुरु


विराटनगर, जेठ २८
प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरु गरेको छ । कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतीक्षारत र फर्किएका प्रदेश १ नागरिकहरुको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको हो । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले मंगलबार शुभारम्भ गरेका छन् ।

गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक हेल्पलाइन डट पि वान डट जिओभी डट एनपीमा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए । ‘विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं’, मुख्यमन्त्री राईले भने । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनको भनाई छ ।

विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री राईले बताए । यो तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए । तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाइ छ । यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावलीसमेत राखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x