Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलिङलङ ब्रान्डका टायर नेपाली बजारमा

लिङलङ ब्रान्डका टायर नेपाली बजारमा


काठमाडौं, जेठ २८
विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच सो टायरको औपचारिक रुपमा उद्घाटन गरिएको छ । केही महिनापहिले नै डेल्टा डिष्ट्रिब्युटर्स आधिकारिक वितरकको रुपमा तोकिएको भए पनि लकडाउनका कारण हाल टायर नेपाल आइपुगेको हो ।

सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनीमध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १ सय ८० देशहरुमा यी टायर बिक्री–वितरण हुन्छन् । विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनीमध्ये लिङलङ पनि पर्छ । डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री–वितरण गर्ने जानकारी निर्देशक बिक्रम सिंघानियाले दिए । नेपाली सडक सुहाउदो टायर भएकाले यसले राम्रो बजार हिस्सा लिने विश्वास लिइएको निर्देशक सिंघानियाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x