१९ सय ८४ बिन्दुमा उक्लियो सेयर बजार
१२ अंकले बढ्दा दुई अर्ब २५ करोडको सेयर किनबेच
काठमाडौं । गत साता लगातार ओरालो लागेको सेयर बजार परिसुचक नेप्से यो साता भने सुरुवाती कारोबार दिन नैं उकालो लागेको छ । आज आईतबार बजार परिसुचक नेप्से १२ दशमलव २९ अंकले उकालो लागेर एक हजार आठ सय ९४ दशमलव ४३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २८ अंकले उकालो लागेर तीन सय छ० दशमलव ७६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ४७ हजार एक सय १७ पटक सेयर किनबेच भएको छ । जसबाट आज ६३ लाख ९३ हजार दुई सय ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार चार सय ५६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर किनबेच भएका छन् । जसमध्ये बाँणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया