युक्रेन र इजरायलका लागि अमेरिकी तल्लो सदनबाट सहयोग प्याकेज पारित
वासिङ्टन डिसी । अमेरिकी संसद्को तल्लो सदनबाट युक्रेन र इजरायलका लागि पठाएको ९५ अर्ब डलरको सहायता प्याकेज पारित गरेको छ । अमेरिकी प्रतिनिधिसभाको तल्लो सदनले रिपब्लिकन कट्टरपन्थीहरुको कडा आपत्तिमा युक्रेन, इजरायल र ताइवानलाई सुरक्षा सहायता प्रदान गर्ने ९५ अर्ब डलरको विधायी प्याकेजलाई शनिबार पारित गरेको हो ।
सदनले युक्रेनलाई ६० अर्ब ८४ करोड अमेरिकी डलर र इजरायलका लागि २६ अर्ब अमेरिकी डलर मानवीय सहायाता दिने निर्णय प्रस्ताव पारित गरेको हो । यस्तै ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब १२ करोड डलरबराबरको रकम र सैन्य सहयोग पाउने भएको छ । अब यो कानुन सिनेटमा अगाडि बढ्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको अपिलअनुसार अमेरिकी संसदमा यो प्रस्ताव पेस भएको थियो ।
अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्नसक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने आकलनका साथ राष्ट्रपति बाइडेनले यो प्रस्ताव सदनमा पेस गरेका थिए । प्रस्ताव पारित भएपछि अब युक्रेन र इजरयालमा सो रकम राहत प्याकेज पु¥याउने बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी सदनप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले यो सहायातापछि युद्ध विस्तार हुनबाट जोगिने र हजारौँ मानिसको ज्यान बचाउने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया