‘लकडाउन’ अवधिमा सोलुखुम्बुमा २२ जनाले ज्यान गुमाए
महेन्द्र शाही
सोलुखुम्बु, जेठ २९
सोलुखुम्बुमा लकडाउन अवधिमा विभिन्न कारणले एक प्रहरी हवल्दारसहित २२ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा १६ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरुको विभिन्न कारणले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार भवितव्यमा परी १० जनाको मृत्यु भएको छ भने आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या १२ रहेको छ । आत्महत्यामा पनि झुण्डिएर आत्महत्या गर्ने ११ जना र विष सेवन गरी आत्महत्या गर्ने एक जना रहेको प्रहरीले जनाएको छ ।
जिल्लामा मृत्यु भएकाहरूमध्ये सबैभन्दा बढी ३० देखि ४० वर्ष उमेर समूहका छन् । सोलुखुम्बुमा आत्महत्या गर्नेको संख्या निकै बढिरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ज्यान गुमाउनेहरूमा सोलुदूधकुण्ड नगरपालिकाका ६ जना छन् । त्यस्तै महाकुलुङ, सोताङ, थुलुदूधकोशी र माप्यदूधकोशी गाउँपालिकाभित्रका ४÷४ जनाले ज्यान गुमाएका छन् । यता सोताङ गाउँपालिकाभित्रका २ र नेचा सल्यान गाउँपालिकामा १ जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ । ज्यान गुमाउनेहरूमा सिद्धिचरण नगरपालिका ओखलढुंगाबाट सोताङ आएका एक युवक छन् भने सुनसरी घर भई अस्थायी प्रहरी चौकी दोर्पुमा कार्यरत प्रहरी हवल्दारसमेत रहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । उनीहरू दुव्ै जनाको भवितव्यले ज्यान गएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया