Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेडिकल काउन्सिलमा निर्णय एउटा, माइन्युट अर्कै

मेडिकल काउन्सिलमा निर्णय एउटा, माइन्युट अर्कै


काठमाडौं, जेठ २९
हेल्पीङ ह्यान्डस अस्पतालका अध्यक्ष समेत रहेका नेपाल मेडिकल काउन्सिलका रजिष्टार डाक्टर कृष्ण अधिकारीले आफु नियुक्तभएको बेला देखीमासिक एक लाख तल बलिनेगरी निर्णय गरेका छन् । सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत अतिरिक्त भत्ता खारेज गरेको छ । यो घोषणा सार्वजनिक भएलगत्तै हतार हतारमा मेडिकल काउन्सिलको बैठक डाकेर डा. अधिकारीले यस्तो निर्णय गराएका हुन् । काउन्सिलको गत जेठ २० गते बसेको दोस्रो पुर्ण बैठकबाट उनले उक्त निर्णय गराएको बताइएको छ ।

०७६ पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा नियुक्ति गरेको थियो । डा. अधिकारीलाई सरकारले रजिष्ट्रार पदमा छ महिना अगाडि नियुक्ति गरेदेखि नै बैठक भत्ता दिँदै आएको छ । तर काउन्सिलको २० गतेको बैठकले अब उनलाई भत्ता नदिएर मासिक एक लाख रुपैयाँ तलब दिने गरी निर्णय तयार पारेर बोर्ड सदस्यहरुलाई माइन्युटमा हस्ताक्षर गराएका छन् ।

उनको यो हर्कतविरुद्ध केही बोर्ड सदस्यहरुले निर्णय र हस्ताक्षरविरुद्ध नोट अफ डिसेन्ट लेखेका छन् । रजिष्टार डा. अधिकारीको बोर्डमा आफू निकट समर्थहरुको बहुमत रहेको बुझिएको छ । आफूअनुकूलको निर्णयविरुद्ध असहमति राख्ने पक्षलाई उनले पेलेरै जान खोजेका छन् ।

स्मरणीय कुरा के छ भने रजिष्ट्रार अधिकारीले गत पुस महिनादेखि नै नियमित रुपमा काउन्सिलबाट भत्ता बुझ्दै आएका छन् । फेरि अहिले पुस महिनादेखिकै तलब लिने गरी निर्णय गराएर दोहोरो सेवा सुविधा लिनलागेको बताइएको छ । तर मेडिकल काउन्सिलमा यसरी दिनदहाडै ठाडो अनियमितता हुँदा पनि त्यसलाई रोक्न राज्यको कुनै निकायको ध्यान जानसकेको छैन र सम्बन्धित निकायले चासो पनि लिएको पाइँदैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x