Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेउवाले पठाए डडेलधुरामा एक सय ४० क्वीन्टल चामल राहत

देउवाले पठाए डडेलधुरामा एक सय ४० क्वीन्टल चामल राहत


मदनराज भट्ट
डडेलधुरा, जेठ २९
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको महामारीबाट पीडितलाई राहत वितरण गर्नको लागि गृहजिल्ला डडेलधुरामा एक सय ४० क्वीन्टल चामल पठाएका छन् । सभापति देउवाले जिल्ला समन्वयमार्फत स्थानीय पालिकालाई हस्तान्तरण गर्नेगरी एक सय ४० क्वीन्टल, चामल, सात क्वीन्टल मुसुरोको दाल, साढे तीन क्वीन्टल केराउ दाल, साढे तीन क्वीन्टल चना, करिब दुई क्वीन्टल सेतो मटर, चिनी, नुन, चिया र तेल पठाएको जिल्ला समन्वय समितिले जनाएको छ ।

देउवाले उक्त खाद्य, सामग्री भारत तथा बाह्य मुलुकबाट जिल्ला फर्की क्वारेन्टाइनमा बसेका र दैनिक ज्यालामजदुरी गरी खानेलाई वितरण गर्नेगरी सहयोग गरेको जनाएका छन् । जिल्लाका सातवटै स्थानीय प्रमुख तथा प्रतिनिधिलाई बोलाएर प्रत्येक स्थानीयतहलाई २० क्वीन्टल चामलसहित दुई सय केजी दाल, पाँच पेटी तेल, २८ किलो नुनका साथै चिनी, चिया, चनाजस्ता खाद्यसमाग्री हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ । सो सामग्री स्थानीय तहहरूले आवश्यक्ताका आधारमा सर्वसधारण तथा पीडितलाई वितरण गर्ने जनाएका छन् । भोकै रहेका, दलित, महिला, मजदुर, किसान, एकल महिला, मुक्त हलिया, अपाङ्गता भएका मानिस, जेष्ठ नागरिक र पीडामा परेका सर्वसधारणलाई वितरण गर्ने स्थानीय तहहरूले जानकारी दिएका छन् ।

यसैगरी कोरोना भाइरस संक्रमणबाट बच्न तथा सतर्कता अपनाउनका लागि सुरक्षित मातृत्व सञ्जालले डडेल्धुराका स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली कांग्रेसकी नेतृ एवं सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले मंगलबार जिल्लाका सातवटै स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तातरण गरेकी हुन् ।

उनले जिल्लाका सातवटै स्थानीय तहका १२ बर्थिङ सेन्टर, दुई सुरक्षा निकाय र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य सामग्री सहयोग गरेको रुडूक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिइन् । उनका अनुसार बर्थिङ सेन्टरलाई २४ थान पीपीई सेट, ६० लिटर स्यानिटाइजर, १२ थान थर्मलगन, २४ प्याकेट पञ्जा, तीन हजार थान मास्क, २४ जोडी गमबुट, ४८ थान एन–९५ मास्क, २ सय ४० थान साबुन, एक हजार एक सय ५२ थान स्यानिटरी प्याड र चार हजार आठ सय थान सिटामोल मेट्रो औषधि सहयोग गरिएको हो ।

यसैगरी सुरक्षा निकायलाई पीपीई सेट चार, स्यानिटाइजर पाँच लिटर, थर्मलगन दुई थान, पञ्जा दुई प्याकेट, गमबुट चार जोडी, एन–९५ मास्क आठ, साबुन ४० थान, औषधि सिटामोल आठ सय थान र स्यानिटरी प्याड ९६ थान सहयोग गरिएको हो भने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई पीपीई सेट १६, स्यानिटाइजर २० लिटर, थर्मलगन दुई, पञ्जा १० प्याकेट, पेपर मास्क दुई प्याकेट, गमबुट चार जोडी, एन–९५ मास्क एक सय थान, साबुन एक सय ४० थान, स्यानिटरी प्याड एक सय ९२ थान र औषधि सिटामोल आठ सय थान हस्तान्तरण गरिएको निर्देशक खड्काले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x