रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध
जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भङ्ग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ ।
उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रगङ्शाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भङ्ग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो । रङ्गशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला उपमहानगरपालिका र नगरप्रमुखलाई जोडेर जानाजान रङ्गशालाको जग्गा भाडा सम्झौता भङ्ग गरिएको भ्रामक प्रचारप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
“रङ्गशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको लाखौँ रकम लगानी भई प्रचारका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ । राखेपले उपमहानगरपालिकालाई कुनै जानकारी नदिइ एकपक्षीय तरिकाले भाडा सम्झौता भङ्ग गर्नु अत्यन्त गलत छ”, विज्ञप्तिमा भनिएको छ ।
रङ्गशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको विशेष चासो रहेकाले राखेपले गुठी संस्थानसँगको सम्झौता भङ्ग गरिए पनि सोही जग्गामा रङ्गशाला निर्माण गरिछाड्ने र त्यसका लागि तीनै तहका सरकारसँग समन्वय गरी दीगो व्यवस्थापनमा जोड दिइने पनि उपमहानगरपालिकाको प्रतिबद्धता छ ।
त्यसैगरी खेलकुद परिषद्ले आर्थिक अभावलगायत कारण देखाएर सम्झौता भङ्ग गर्ने प्रक्रिया अगाडि बढाएकामा यस कार्यमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा अन्य कुनै पदाधिकरीको संलग्नता नरहेको उपमहानगरपालिकाले जनाएको छ ।
“राखेपको निर्णयमा उपमहानगरका प्रमुख र अन्य कुनै पनि पदाधिकारीको संलग्नता छैन । त्यसैले उपमहानगरलाई दोषारोपण गरी चरित्र हत्या गर्न सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
राससका अनुसार राखेपले विभिन्न कारण जनाई केही दिनअघि मात्रै जग्गा बहाल सम्झौता भङ्ग गर्न चाहेको भन्दै गुठी संस्थान केन्द्रीय कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको जनाइएको छ ।
क्याटेगोरी : उप महानगर
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया