हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
काठमाडौँ । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ ।
भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा. खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गरे । उनी ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’ पदकबाट विभूषित थिए ।
बराल विसं १९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त भए । राससका अनुसार सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उनी पनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुगेका थिए ।
दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उहाँ पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गरे । यसअवधिमा उनलाई मानार्थ कप्तानको दर्ज्यानी प्रदान गरियो । मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्व. बरालको शालिक स्थापना गरिएको उनका नाती पुजन बरालले जानकारी दिए ।
पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर स्थापना गरेका थिए । उनको जन्म विस १९४७ मा वैशाख १६ गते र देहावसान विस २०१९ असोज ३० गते भएको थियो । उनी सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एशोसिएसनको अध्यक्ष भए । साहित्यकार बरालको आँशुमा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ । यस कृतिमा एक सय ६८ वटा रचना छन् । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्व. खड्गजीत बराल उनका कान्छा छोरा थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
- जेष्ठ नागरिकको अवस्था
- नेपालको वैदेशिक व्यापारमा चुनौतीहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया