एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
काठमाडौं । एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ । कम्पनीले विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर यो प्याक ल्याएको हो ।
कम्पनीका अनुसार प्याक सुरु गर्नेबितिकै ग्राहकहरूले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै पाँच सय एमबी बोनस डेटा प्राप्त गर्छन् । ग्राहकले यो प्याक करसहित मात्र एक सय रुपैयाँमा सुरु गरी तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन् । यो प्याक ग्राहकले एस्ट्रिक्स१७१२९एस्ट्रिक्स५ह्यास डायल गरी लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यमजस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरूमार्फत पनि सुचारु गर्न सकिन्छ । भ्रमणमा जाने ग्राहकहरूले आफ्नो सञ्चार आवश्यकताअनुसार जति पटक पनि यो प्याक किन्न सक्नेछन् ।
यो प्याकले सीमावर्ती सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि विशेष महत्व राख्छ । त्यसैगरी व्यापार व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकहरूलाई पनि यो प्याक महत्वपूर्ण हुने बताइएको छ । यो प्याक लिनेबित्तिकै रोमिङ सेवा स्वतः सुरु हुन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया