महामारीका कारण ५१ प्रतिशत बंगलादेशी घरको कमाइ शून्य
ढाका, जेठ २९
विश्व महामारी कोरोनाभाइरसका कारण ५१ प्रतिशत बंगलादेशी घरको कमाइ शून्यमा झरेको एक अध्ययनले देखाएको छ । द डेलीस्टार अनलाइनका अनुसार ब्राकले गरेको अध्ययनले आयमा असर गर्दा यस्तो तथ्य देखिएको हो । उक्त अध्ययनको प्रतिवेदन मंगलबार सार्वजनिक भएको बताइएको छ । दैनिक आम्दानी गर्नेहरुको भने कमाइ पुनः सुरु हुनथालेको छ । यद्यपि घरपरिवारलाई सहयोगको आवश्यकता रहेको अध्ययनले देखाएको छ । विश्वकै ठूलो गैरसरकारी संस्थाले बंगलादेशमा कोरोनाबारे सचेतनाको अवस्था र आर्थिक प्रभावबारे अध्ययन गरेको थियो ।
अध्ययनमा २ हजार ३ सय १७ जनाले सहभागिता जनाएको बताइएको छ । जसमध्ये ६८ प्रतिशत ग्रामीण क्षेत्रका र ३२ प्रतिशत सहरी क्षेत्रका थिए । ६४ जिल्लामा गरिएको सर्वेक्षण मे ९ देखि १३ सम्म गरिएको थियो । अध्ययनअनुसार न्यून आम्दानदी गर्ने ६२ प्रतिशतले जागिर नै गुमाएको पाइएको छ । अध्ययनले आर्थिक पुनरुत्थानमा सरकारले अर्को योजना तत्कालै तर्जुमा गर्नुपर्ने सुझाव दिएको छ ।
अध्ययनमा सहभागी घरहरुको औसत कमाइ सार्वजनिक विदा घोषणाअघि २४ हजार ५ सय ६५ टाका रहेको बताइएको छ । तर मे महिनामा उक्त कमाइ ७ हजार ९६ टाकामा झरेको पाइएको छ । सहभागीमध्ये ८० प्रतिशत महिला प्रमुख रहेको घर र ७५ प्रतिशत पुरुष प्रमुख रहेको घरको कमाइ घटेको पनि पाइएको छ । महामारीकै कारण महिला हिंसा समेत बंगलादेशमा बढेको पाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया