यतिबेला जताततै विरोधका स्वरहरु मुखरित हुन थालेका छन र तिनलाई दबाउन सरकार बल प्रयोग गर्न थालको छ । प्रधानमन्त्री निवास छेउमा त्यस्तै बल प्रयोग गरियो । उनीहरुका मागचाहिँ सर्वसाधारणका चासोका थिए जो सरकार आफैँले पूरा गर्नुपर्ने हो । यस्तो प्रदर्शनी पहिले पनि हुन्थे तर अहिलेको सन्दर्भ भने सरकाकरको लकडाउनको हो । लकडाउन भनेको स्वेच्छाले बन्दी हुने अवस्था हो । स्वेच्छाले बन्दी हुने हो भने सरकारले किन बल प्रयोग गरिरहेको छ भन्ने प्रश्न उठ्छ । यो प्रदर्शनीको एउटा विषय कोरोना भाइरस नियन्त्रणको लागि सरकार गम्भीर नभएको भन्ने छ र अर्को भोकले मर्न आँटियो भनी सरकारलाई सूचना दिन यस्ता प्रदर्शनी प्रधामनमन्त्री निवास बलुवाटारदेखि राजधानीको अति व्यस्त सहर न्यूरोडमा भैरका छन् कही दिनदेखि नै । आफ्ना नागरिक किन सडकमा आए त्यो पनि यस्तो बेलमा भन्ने सरकारले अलिकति पनि खोजीनीति गरेको पाइएन ।
उद्यमीको न्युरोड र सर्वसाधारणहरूको बालुुवाटारमा प्रदर्शन नियमितजस्तै भइरहेको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर यो लकडाउनको अवधि ७६ दिन पूरा भइसक्दा पनि यसको औचित्य पुष्टि गर्न सरकारले नसकेको भन्ने आरोप छ सर्वसधारणको ।
लकडाउनपछि सरकारले गरेको भनेको भए पनि ठोस काम प्रकट भएको छैन । यो लकडाउनको घोषणाबाहेक भन्ने नै सबैतिर मत प्रकट भैरहेका छन् । सर्वसाधारणका प्रदर्शनको कारण पनि यही बन्यो । लकडाउन घोषणा हुँदा एक जिल्लामा थियो कोरोना । यसको अवधि साढे दुई महिनाको हुँदा अब यसले नछोएको एउटा जिल्ला मात्र बाँकी छ । त्यो पनि यी अक्षर पढिँदाको बेलासम्म बाँकी नरहला । यहीबीचमा स्थानीय तहमा सरकारले गरेका परिपत्रहरु आपत्तिजनक देखिए । यतिबेला सबैले भन्दै र लेखिँदै आइएको कुरा हो –सरकारले पर्याप्त मात्रमा पीसीआर टेस्ट नगरेको, कतिपयलाई आरडीटी परीक्षण गरेर घर फर्काएको, क्वारेन्टाइन व्यवस्थित नगरेका कारण देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रण गर्नुुको साटो सरकार विभिन्न कामहरूमा अल्झेको भन्ने । यता सरकार भने लकडाउन मात्र थप्दै गैरहेको छ जसले जनताको जीवन निर्वाह पनि संकटग्रस्त बन्न थालेको स्पष्ट छ । यी बालुवाटार प्रदर्शनमा उत्रिएकाहरुका आरोप हुन् ।
यही क्रममा बितेका करिब हप्तादेखि नै सहरका व्यस्त ठाउँमा व्यापारीहरुको प्रदर्शनी र लकडाउनको अवज्ञा गर्ने काम लगातार चलिरहेको छ । उनका पनि भनाइ छन् –विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षाको विधिहरू अपनाएर लकडाउन खुुकुुलो पारियोस् । यो ठाउँमा ध्यान दिनुपर्ने विषय हो । यो प्रदर्शनीमा कुुनै पनि राजनीतिक दलको नेता कार्यकर्ताहरूको उपस्थिति छैन । लकडाउनले सबै नागरिकहरू निराश छन् भन्ने सन्देश दिनु मात्रै यसको उद्देश्य हुनुपर्छ । बालुवाटारजस्तै काठमाडौंको न्यूरोड क्षेत्र पनि व्यवसायीको प्रदर्शनीको क्षेत्र भएको छ उनीहरूका माग छन्– पसल खोल्न पाइयोस् । काठमाडौंको न्यूरोडमा रन्जना व्यापार संघ र नेपाल व्यापार संघले व्यापार गर्न पाउनुपर्ने भन्दै यस्तो साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् जो जुनसुकैबेला थाम्न गाह्रो पर्ने हुन सक्तछ । खासगरी यतिबेला देशैभरि साना व्यवसायीहरु चुलोसमेत निभ्ने अवस्था भोगिरहेका छन् । न्यूरोड एउटा प्रतिकात्मक हुन सक्तछ । यस्तो प्रदर्शनी देशभरि नै भैरहेको अवस्था छ । सरकार सचेत भएन भने जुनसुकै बेला जे पनि हुन सक्तछ । सरकारले यस्तो किन भैरहेको छ भन्ने बुझ्न जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया