Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन

बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन


काठमाडौं । बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैतमसान्तसम्म जीवन र निर्जीवन गरी सञ्चालनमा रहेका २८ वटा बीमा कम्पनीहरूले एक खर्ब ४० अर्ब ३१ करोड ४६ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा बीमा कम्पनीहरूले एक खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

यस आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले एक खर्ब १० अर्ब १६ करोड १६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको नौ महिनाको तुलनामा पाँच दशमलव ८४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन एक खर्ब चार अर्ब ७३ करोड ४८ लाख रूपैयाँ थियो ।

निर्जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको नौ महिनामा ३० अर्ब १५ करोड ३० लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ४६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३० अर्ब एक करोड ४८ लाख रूपैयाँ थियो ।

प्राधिकरणको तथ्यांकअनुसार यसवर्ष निर्जीवन बीमा कम्पनीहरूमा बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूमा घटेको छ । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल एक करोड ३८ लाख ६६ हजार छ सय १५ वटा बीमालेख जारी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई दशमलव ११ प्रतिशत कम हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख संख्या एक करोड ४१ लाख ६५ हजार नौ सय ९८थियो । चालू आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २२ लाख ६२ हजार तीन सय २६ वटा बीमालेख जारी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा चार दशमलव ४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या २१ लाख ६६ हजार तीन सय ४८ थियो ।

चालूआर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४३ दशमलव ३२ प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या ४४ दशमलव ५५ प्रतिशत थियो ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया