‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
काठमाडौं । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् ।
बालबालिकालाई सुर्ती र धुम्रपानबाट टाढा राख्ने उद्देश्यले युवा सिर्जनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा वर्षेनि ४७ अर्ब रुपैयाँ उँडिरहेको बताए । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले जानकारी दिए । यस्तै, उनले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लङ्घन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने औंल्याए ।
सो अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धुम्रपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पुर्याउन आह्वान गरे । धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभई आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उनले जोड दिए । युवा सिर्जनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताइन् । सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न उनले आग्रह गरिन् ।
महानगरपालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफैँ पनि सक्रिय भएर लाग्ने र यसमा सबैको साथ अनि सहयोग आवश्यक रहेको बताइन् । युवा सिर्जनशील समाजले बालबालिकाहरूलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरूमा सचेतना कार्यक्रम थालेको हो । समाजले शुक्रबार बुद्धनगर आधारभूत विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको थियो । सो विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12
ताजा अपडेट
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
- कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने
- ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुुदान योजना
- समृद्धि फाइनान्सको २३औँ साधारणसभा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया