सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
बुटवल । प्रायःजसो विवादमा परिरहने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा रहेको सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । करिब एक महिनादेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।
पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राकेशकुमार चौधरीले काम गर्न नसक्ने अवस्था आएको भन्दै काज सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू पाँच÷छ महिनाभन्दा बढी टिक्ने गरेका छैनन् । चौधरीभन्दाअघि करिब छ महिना अगाडि हाल कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका झविलाल भट्टराई प्रमुख प्रशासकीय अधिकृत थिए । उनी पनि छ महिनाभन्दा बढी टिक्न सकेनन् । भट्टराईभन्दा पहिले गाउँपालिकामा कुनै पनि प्रमुख प्रशासकीय अधिकृत आउन नमानेपछि करिब डेढ बर्षसम्म निमित्तकै भरमा चलेको थियो । बल्लतल्ल आएका भट्टराई र चौधर पनि छ महिनाभन्दा बढी गाउँपालिकामा टिक्न सकेनन् ।
कर्मचारी स्रोतका अनुसार गाउँपालिकामा अधिकांश जनप्रतिनिधिहरूले कानुनविपरीतका काम ल्याएर कर्मचारीलाई जबरजस्ती गर्न दबाब दिने गरेका छन् । कानुनभन्दा बाहिर गएर काम गर्ने अधिकार नभएको भन्दै काम गर्न इन्कार गरेपछि अनावश्यकरूपमा बखेडा खडा गरेर उनीहरूले कार्यालयमै धाकधम्की दिई गाली गलौज समेत गर्ने गरेको कर्मचारीहरूको गुनासो छ । स्रोतका अनुसार वडा नं ३ वडा कार्यालय भवन निर्माण प्रमुख विवादको विषय भएको बुझिएको छ । वडा नं ३ को कार्यालय भवन निर्माणको लागि डीपीआर भइसकेको र सोही ठाउँमा भवन निर्माणको लागि प्रक्रिया बढाउने तयारी भइरहँदा उक्त वडाका वडाध्यक्षले सो स्थानमा नभएर आफ्नो निजी जग्गामा बनाउनुपर्ने दबाब दिएपछि भवन निर्माणको विवाद उत्कर्षमा पुगेको थियो ।
उक्त विषयमा वडाध्यक्षले काम गर्न धम्की दिँदै कार्यालयमा आएर गालीगलौज गरेका थिए । तर वडा नं ३ का वडाध्यक्ष अदहम अलि देवानले भने सो कुरालाई स्वीकार गर्न तयार छैनन् । आफूले कसैलाई पनि गालीगलौज नगरेको उनले बताए । हाल कार्यालय भएकै ठाउँमा कार्यालय भवन बनाउनपर्नेमा आफ्नो जोड रहेको उनले बताए । तर भारतीय सीमानामा रहेको पोखरी मासेर कार्यालय भवन बनाउनुपर्ने कुरा आएकाले सो कुरामा आफूले फरक मत राखेको उनले बताए । ‘मैले हाल कार्यालय भवन भएको ठाउँमा केही जग्गा नपुग हुन्छ । उक्त कार्यालय भएको छेउमा मेरो जग्गा छ’, उनले भने, ‘वडा कार्यालय भवन निर्माणका लागि नपुग जग्गा मैले दानमा दिन्छु भनेको छु र दिन्छु ।’ जनतालाई पायक पर्ने स्थानमा कार्यालय राखौं भन्ने प्रस्ताव आफूले राखेको उनले बताए ।
यस्तै, गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पालिकाका सात वटै वडाहरूमा मानिसहरूको मृत्यु हुँदा शव जलाउनका लागि दाउरा दिएको भनेर फर्जी बिल बनाएर जबरजस्ती पास गराउनको लागि दबाब दिएका दिए । उक्त बिल पास नभएपछि प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षबीच मनमुटाव भएको कार्यालय स्रोतले जनाएको छ । तर यस विषयमा कुनै मनमुटाव नभएको अध्यक्षले दाबी गर्दै आएका छन् । ३ नं वडा कार्यालयको भवन निर्माणको विषयमा भने केही विवाद भएको उनले स्वीकारे । ‘विपन्न परिवारको कुनै सदस्य मर्दा चार कुइन्टल दाउरा दिने कार्य पहिल्यैदेखि भएको हो । अहिले आएर मैले एक निर्णय गरेर दिएको कुरा होइन । फर्जी बिल पेस ग¥यो भन्ने कुरा बिल्कुलै अनर्गल हो’, उनले भने । प्रमुख प्रशासकीय अधिकृतलाई राख्न धेरै प्रयास गरे पनि उनी नमानेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जानकारी मन्त्रालयमा दिइसकेको र छिट्टै नयाँ अधिकृत आउने उनले बताए । नआए कसैलाई निमित्त दिएर भए पनि काम चलाउने योजना रहेको अध्यक्ष श्रीवास्तवले बताए । विपद् व्यवस्थापनमा बाहेक तत्काल भुक्तानीमा कुनै समस्या नआउने बताउँदै योजनाको भुक्तानी प्रमुख प्रशासकीय अधिकृत आएपछि पनि दिन सकिने बताए । प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले कानुनको सीमाभन्दा बाहिर गएर काम गर्नको लागि दिने गरेको दबावको कारणले उक्त क्षेत्रमा काम गर्न नसकेको बताए ।
क्याटेगोरी : समाचार, गाउँ पालिका
ट्याग : #Page 9
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया