चेम्बरद्वारा लकडाउन खुकुलो बनाउने सरकारको निर्णयको स्वागत
काठमाडौं, जेठ ३०
नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुकुलो बनाउने सरकारको निर्णयको स्वागत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर—विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नति गरिने निर्णय गरेको छ । उक्त निर्णय सहरानीय रहेको र चेम्बरले सरकारको निर्णयलाई सकारात्मक रुपले लिएको चेम्बरले जनाएको छ ।
कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै मास्कको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर कामहरु गर्दै जानुपर्ने चेम्बरको भनाइ छ । काठमाडौं उपत्यकाका निजी सवारीसाधन जोर—विजोर प्रणालीमा चलाउन पाइने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र विजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ । यसमा मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालकसहित बढीमा तीनजना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।
साथै चेम्बरले अहिले जसरी सरकारले उपत्यकालाई सिल गरेर बचाइ राखेको छ, त्यसरी अगाडि पनि बचाइ राख्नुपर्ने बताएको छ । राति–राति उपत्यका बाहिरबाट मान्छेहरु आउने भन्ने सुनिएको भन्दै चेम्बरले त्यसलाई पनि रोक्न आग्रह गरेको छ । साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिंड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसै गरेर पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । साथै चेम्बरले सरकारले भ्याटको, कर तिर्ने समयलाई पनि बढाइदिने विश्वास पनि लिएका जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया