Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह

टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह


काठमाडौं, जेठ ३०
टर्कीका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल सरकारले आग्रह गरेको छ । बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टर्कीका व्यवसायीहरुलाई भर्चुअल बैठक गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । मन्त्री भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्तै अवसर भएको जनाउँदै अहिलेको संसदमा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध भएको बताए ।

उनले सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकोले समृद्ध नेपाल बनाउन व्यवसायीलाई आग्रह गरेका छन् । मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा व्यक्त गरेका छन । बैठकमा टर्कीका वैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालमा टर्कीका राजदूत सकिर ओजान टोरुनलर, व्यापार परिषद् अध्यक्ष मुस्तफा अकिनसीलर सहभाागी भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x