काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोस्टिक सेन्टर बीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र मंगलम डायग्नोस्टिक सेन्टरका अध्यक्ष प्राडा अमरनाथ ठाकुरले हस्ताक्षर गरेका छन् ।
वीरगञ्जमा मुख्य कार्यालय रहेको मंगलम् डायग्नोस्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर वीरगञ्जलगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । अब काठमाडौंंमा अत्याधुनिक र एकीकृत डायग्नोस्टिक सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्राडा ठाकुरले जानकारी दिए । काठमाडौंमा डायग्नोस्टिक सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याब पनि छ । तर अहिले पनि विश्वसनीय डायग्नोस्टिकको लागि नेपालीहरू भारतलगायत अन्य देश गइरहेका छन् । सोही अवस्थालाई हेरेर विश्वसनीय र भरपर्दो डायग्नोस्टिक सेवा दिन काठमाडौंमा छुट्टै ल्याब खोल्न लागिएको जनाइएको छ ।
सम्झौताबमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा सञ्चालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । काठमाडौंको आवश्यकताअनुसार कस्तो र कुन क्षमताको डायग्नोस्टिक सेन्टरको आवश्यकता छ, सोको लागि कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम् डायग्नोस्टिक सेन्टर प्रा.लि. लाई प्रतिवेदन बुझाउने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया